विश्व

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७९ हजार नाग्यो



काठमाडौँ, ६ भदौ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७९ हजार नागेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७९ हजार १४१ पुगेको छ ।

यस्तै एकैदिन थप ४८ हजार ५१७ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५७ लाख ९४ हजार ७८९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३१ लाख १९ हजार ९० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २४ लाख ९६ हजार ५५८ जनामध्ये १६ हजार ८३३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।