काठमाडौँ, ६ भदौ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजार नागेको छ ।
एकै दिन १ हजार ३१ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ४५४ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ३१ हजार ३९१ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३५ लाख ३६ हजार ४८८ पुगेको छ ।
ब्राजिलमा २६ लाख ७० हजार ७५५ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५२ हजार २७९ जनाको उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्