काठमाडौँ, ८ भदौ । विश्वमा कोरोना (कोभिड–१९) भाइरसका कारणबाट हालसम्म उपचारपछि घर फर्किने संख्या १ करोड ६० लाख ८० हजार ५७३ जना पुगेको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २ करोड ३५ लाख ८३ हजार ६१६जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ८ लाख १२ हजार ५१३ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा ३१ लाख ६७ हजार ६३ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना, भारतमा २३ लाख ३६ हजार ७९६, रसियामा ७ लाख ७० हजार ६३९ र दक्षिण अफ्रिकामा ५ लाख ६ हजार ४७० जना उपचारपछि घर फर्किएका छन् ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ५८ लाख ७४ हजार १४६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ३६ लाख ५ हजार ७८३ जना, भारतमा ३१ लाख ५ हजार १८५ जना, रसियामा ९ लाख ५६ हजार ७४९ जना र दक्षिण अफ्रिकामा ६ लाख ९ हजार ७७३ जनामा संक्रमण देखिएको छ ।
अमेरिकामा १ लाख ८० हजार ६०४ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख १४ हजार ७७२ जना, मेक्सिकोमा ६० हजार ४८०, भारतमा ५७ हजार ६९२ जना र बेलायतमा ४१ हजार ४२९ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालमा संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १८ हजार ६ सय ३१ जाना रहेको छ भने मृत्यु हुनेको संख्या १४९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्