अर्थ

४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न बोलकबोल हुदै



काठमाडौँ, ८ भदौ । नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न आज दिउँसो ३ बजे बोलकबोल आह्वान गर्दै छ ।

राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँ र १ वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।