समाचार

आजको मौसम



काठमाडौँ, ९ भदौ । आज देशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ भने केही ठाउँमा हल्का पानी पनि परिरहेको छ ।

बिस्तारै पानी पर्न रोकिएर मौसम खुल्दै जाने साथै दिउँसोपछि भने फेरि बादल लागेर कतै-कतै मेघगर्जनसहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

यस्तै राति देशभरिकै मौसम सामान्यतया बदली भई प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई  ठाउँमा ठूलो पानी परे पनि अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।