राजनीति

महाराजगञ्ज वृत्तका ३० प्रहरीमा कोरोना पुष्टि



काठमाडौँ, ११ भदौ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी परिसरका एक अधिकारीका अनुसार संक्रमित हुनेमा वृत्तभित्रै रहेका २० जनपद प्रहरी र १० जना ट्राफिक प्रहरी र २ जना इन्सपेक्टर समेत रहेका छन् । काठमाडौंमा एकै वृत्तमा यति ठूलो संख्यामा कोरोना देखिएको पहिलो कार्यालय हो ।