राजनीति

निगमका १५ जना कर्मचारीमा कोरोना पुष्टि



काठमाडौँ, ११ भदौ । नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अमलेगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६ जना र नेपालगंजमा ३ जना गरी १५ जना निगमका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

सोमबारको पीसीआर टेस्टमा सो क्षेत्रका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।