Banner News

थप ११११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३५ हजार नाग्यो



काठमाडौँ, ११ भदौ । थप ११११ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज ११११ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ५६७ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २० हजार ७३ जना रहेको छ भने मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ ।