काठमाडौँ, १६ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियालाई गम्भीरताका साथ लिन सबै देशहरुलाई आग्रह गरेको छ ।
संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा भनेकी छन्, ‘कुनै पनि देशले ट्रायल पूरा नगरी पनि भ्याक्सिनलाई मञ्जुरी दिन सक्छन् । तर, यो कुनै खेलाँची गर्ने विषय होइन ।’
डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको जबकी १४३ खोप अहिले पनि प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन् । यसबाहेक विश्व स्वास्थ्य संगठनले पर्याप्त प्रबन्ध बिना लकडाउन हटाइरहेका देशलाई पनि चेतावनी दिएको छ ।
डब्लुएचओले बिना पर्याप्त व्यवस्थापन थुप्रै देशले लकडाउन हटाएकोलेले चिन्ता व्यक्त गर्दै भनेको छ, ‘जुन देशमा नयाँ संक्रमित उल्लेख्य रुपमा देखिएका छन्, ती देशले पनि मानिसहरुलाई भेला हुन इजाजत दिइरहेका छन् । भौतिक दूरीको पालना भइरहेको छैन । यो भनेको विध्वंशलाई निम्ता दिनु हो ।’










प्रतिक्रिया दिनुहोस्