भक्तपुर,२६ चैत्र । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ ।
भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।
यसैक्रममा सूर्यविनायक नगरपालिकामा आगामी निर्वाचनलाई विशेष ध्यान दिई एमाले भक्तपुरले अभियानलाई तीव्र पार्दै आएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सूर्यविनायक नगरपालिकाकोविभिन्त्र वडाहरुमा संगठनका गतिविधिहरु धमाधम भैराखेका छन् ।
आज वडा नं ९ नंखेलमा वृहत कार्यकर्ता भेलाको आयोजना गरियो । कार्यक्रमा एमालेका युवा नेता महेश बस्नेत,जिल्ला उपाध्यक्ष वचन देउजा, उपसचिव एंव सूर्यविनायक नगरपालिकाका मेयरका आंकाक्षी बासुदेव थापा, नेतृ डाकल्पना महत,प्रेस चौतारीका पूर्व उपाध्यक्ष उपेन्द्र केसी जिल्ला कमिटी सदस्यहरु दिलिप केसी ,पशुराम वाग्ले,श्रीराम व्यान्जु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम भैरववहादुर खत्रीको अध्यक्षतामा भएको थियो ।
सो भेलाले सुनिल थापाको संयोजकत्वमा १०१ सदस्यीय रहेको निर्वाचन परिचालन कमिटी विनय महतको संयोजकत्वमा प्रचार–प्रसार ,गंगा खड्काको संयोजकत्वमा अनेमसंघ,दिपेश केसीको संयोजकत्वमा युवा संघ, बाबुराम लामाको संयोजकत्वमा विद्यार्थी संगठन, कुमार रानाको संयोजकत्वमा किसान संगठन,राघव खत्रीको संयोजकत्वमा बुद्धिजीवी संगठन गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्