बुटवल, १९ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडा अध्यक्ष सरोजकुमार पाण्डे सेवाग्राहीसंग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाणसहित पक्राउ गरेको हो ।
सहकारीबाट अनुदान रकम उपलब्ध गराइदिने नाममा सेवाग्राहीसंग २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।










प्रतिक्रिया दिनुहोस्