समाचार

आजको मौसम



काठमाडौँ, २१ भदौ । हाल मनसुनको न्यून चापीय रेखाको प्रभावले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार  अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महानशाखाले जनाएको छ ।