समाचार

घरको छतबाट खसेर महिलाको मृत्यु



तनहुँ, २५ भदौ । तनहुँको व्यास १ भादगाउँकी एक महिलाको तीन तल्ला घरको छतबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १ बजे घरको छतबाट खसेकी ३० वर्षीया मन्जु भुजेलको उपचारका क्रममा दमौली अस्पतालमा करिब साढे १ बजेतिर मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।