Banner News

थप १२४६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५० हजार नाघ्यो



काठमाडौँ, २५ भदौ । थप १२ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार ११ हजार १ सय ४४ नमुना परीक्षण गर्दा १२ सय ४६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १८ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३५  हजार ७ सय जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय १७ जना पुगेको छ ।