विराटनगर, २६ भदौ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेमा पुन: कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना संक्रमण भएको दुई सातापछि बिहीबार पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
रुघाखोकी, जिउ दुख्ने लक्षणबाहेक डाइरिया, टाउको दुख्ने, ज्वरोजस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताएका छन् ।
मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुअघि देखि नै सामान्य लक्षण देखिएपछि भदौ १३ गते साँझदेखि होम आइसोलेसनमा थिए ।










प्रतिक्रिया दिनुहोस्