समाचार

पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु



काठमाडौँ, २६ भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौँ निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।