भक्तपुर, २६ भदौ । भक्तपुरको मध्यपुर थिमिी नगरपालिका– ९ निकोसेरामा एउटा घरमा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीका अनुसार एकाघरमा बाबुआमा र छोराको शव फेला परेको हो । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेका हो ।
मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ । उकर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको ।










प्रतिक्रिया दिनुहोस्