काठमाडौँ, २७ भदौ । काठमाडौँको तीनकुनेमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रदेश ३-०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको मृत्यु भएको हो ।
गौतमलाई गएराति पौने १० बजे टिप्परले ठक्कर दिएको र उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्