काठमाडौँ, २८ भदौ । थप १ हजार ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५४ हजार १ सय ५९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार १ सय ६५ नमुना परीक्षण गर्दा १ हजार ३९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १ हजार १ सय ७३जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३८ हजार ६ सय ९७ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ४५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्