Banner News

नेकपाले ‘लकिर का फकिर’ हैन, परिवर्तनको वेगलाई सामना गर्ने नेतृत्व निर्माण गर्नेछ: उपप्रम पोखरेल



काठमाडौँ, २९ भदौ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकको राष्ट्रिय मन्चले थप उचाइमा पुगेर विचारलाई स्थापित गर्नेछ, परिवर्तित सन्दर्भमा विधि निर्माण गर्नेछ र चलाकीका साथ परिवर्तनको ‘लिप सर्विस’ वा ‘लकिर का फकिर’ नभई परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्ने बताउनुभएको छ ।

लामो समय पार्टी भित्रको विवादलाई स्थायी कमिटीले समाधान गर्दै पार्टीभित्रको एकता आपरहार्य रहेको निष्कर्ष निकाले उल्लेख गर्दै नेकपाको सचिवालय सदस्य समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले नेकपा विचार, विधि र नेतृत्वमा उन्नतस्तरको एकता भएकोमा उत्साहीत हुनुभयो । आगामी चैत २५ देखी ३० सम्म काठमाडौँमा हुने पार्टीको एकताको महाधिवेशनलाई लक्षीत गर्दै उहाँ उक्त कुरामा जोड दिनुभएको हो ।

सामाजिक सञ्जालमा उहाँले आफ्नो धारणा राख्दै भन्नुभएको छ,

‘एकता ज़िन्दावाद ! विचार, विधि र नेतृत्वमा उन्नतस्तरको एकता ज़िन्दावाद !!

नेकपाले झन्झावातसित जुद्धै हालै आफ्नो स्थायी कमिटीको बैठक सफलताका साथ सम्पन्न गरेकोछ । चुनौती थिए- चुनौती देखिएका थिए तर उन्नस्तरको एकताको भावना र त्यस अनुरूपको प्रयत्न निर्णायक रह्यो ! यो एकताको कुरा गरिरहँदा आफैभित्र छरपस्ट देखिएका कमजोरीहरू लुकाउन खोजिएको होइन । तर सगर्व उद्घोष गर्नैपर्छ – तिनै कमजोरीहरूको टाउकोमा टेकेर एकताको उद्घोष गरिएको हो । त्यसैले यो मूल्यवान छ, जसको रक्षा गर्न- गरिरहन संकल्पवद्ध हुनैपर्छ । महाधिवेशन गर्ने औपचारिक घोषणा गरिएकोछ । प्रष्ट हुनैपर्छ – यो राष्ट्रिय मन्चले थप उचाइमा पुगेर विचारलाई स्थापित गर्नेछ, परिवर्तित सन्दर्भमा विधि निर्माण गर्नेछ र चलाकीका साथ परिवर्तनको ‘लिप सर्विस’ वा ‘लकिर का फकिर’ नभई परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्नेछ । त्यसैको लागि नेपाल कम्युनिष्ट पार्टीभित्रको एकता अपरिहार्य छ १ एकता जिन्दावाद !!’