भक्तपुर, २९ भदौ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने मात्र नभई विभिन्न रोगहरुको आयुवेर्दीक औषधीको रुपमा रहेको गुर्जो विरुवा वितरण गरिएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ को आयोजना तथा गुर्जो अभियान्त तथा नेपाल सरकारका उपसचिव कमलबहादुर राजलवटको सौजन्यमा आज पाँच सय ६० वटा विरुवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिसभाका सांसद महेश बस्नेतद्वारा स्थानीयवासीलाई वितरण गरिएको छ । ‘एक घर– एक गुर्जो’ अभियान अन्तरगत आज उक्त विरुवा वितरण गरिएको छ ।
गुर्जोले विभिन्न प्रकारका रोगहरुसँग लड्ने क्षमतालाई बढाउने, रुघा, खोकी, ग्यास्टिक, मानसिक समस्यालाई कम गर्ने, पाचन शक्ति बढाउने, बाथ, पेट सम्बन्धी समस्या समाधान गर्ने, स्वास प्रश्वासको समस्या समाधान गर्ने, आँखाको विकास र कमजोरी हटाउने, छाला सम्बन्धी समस्या हटाउने, चाँया पोतो हटाउनेलगायत महत्वपूर्ण आयुवेर्दिक औषधीको रुपमा लिन सकिन्छ ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकार तथा भक्तपुरमा भइरहेको समग्र विकासको सकरात्मक विरोध गर्ने जनताको अधिकार रहेको उल्लेख गर्दै विकल्प विनाको विरोधको औचित्य नभएको स्पष्ट पार्नुभयो । कुनै पनि समस्या वा विरोधले विकल्प सहित आएको हुने प्रति सचेत गराउँदै उहाँले एउटा कोठामा बसेर विरोधको नाममा सामाजिक सञ्जाल तथा प्रत्यक्ष रुपमा विकल्प सहितको विरोध गर्न चुनौति दिनुभयो ।
उहाँले भन्नुभयो, ‘लकडाउनको समयमा कतिपय मिडिया, नेता तथा सामाजिक सञ्जालमा अनावश्यक तर्कहरु गरी समय वर्वाद गरिरहेको, समाजलाई भ्रमित पार्ने कार्य भइरहेको छ । सामाजिक सञ्जालमा गाली गलैच गरी सामाजिक सञ्जाललाई फोहोर बनाई रद्धिको टोकरीमा लगाई गन्हाएर बस्नुभन्दा सामाजिक समृद्धिको अभियानमा लाग्नुपर्छ, मानविय जीवन सफल हुन्छ । विकल्पसहितको विरोध गर्नुस् । विरोधको नाममा एउटा कालो कोठामा बसेर सामाजिक सञ्जालको दुरुपयोग नगर्नुस् ।’
स्वावलम्बी अर्थतन्त्रमा अघि बढेको उल्लेख गर्दै उहाँले कोभिड–१९ का कारण व्यापार घाटा आत्याधिक रुपमा सुधार आइरहेको बताउनुभयो । लकडाउनको समयमा समयको सदुपयोग गर्दै कृषीमा आत्मनिर्भताको व्यापक रुपमा अघि बढाएको उल्लेख गर्दै उहाँले हरेक महामारि तथा संकटले अवसर लिएर आउने र त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कोरोनाका कारण गुर्जो, अदुवा, वेसारलगायतका परम्परागत जडिबुटीको बैज्ञानिक प्रणाली पुनः व्युझिएको उल्लेख गर्दै उहाँले परम्परागत जडिबुटीका बैज्ञानिक प्रणालीलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
परम्परागत प्रणालीलाई उद्योगमा रुपान्तरण गर्नुपर्ने गर्दै असंख्य रोजगारी तथा आत्मनिर्भरतामा लैजानुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘विभिन्न शिर्षकमा सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको सोही अनुसार अवसरलाई सदुपयोग गर्दै रोजगारी तथा उत्पादन हुँदै उद्योगमा रुपान्तरण गर्नुपर्छ ।’
भक्तपुरका सडकहरुमा हरियाली प्रवद्र्धनका कार्यक्रमहरु भइरहेको र अबका दिनमा गुर्जोलगायतका फलफुलका विरुवाहरु रोप्ने अभियान समेत चलाउनुपर्ने बताउँदै उहाँले सरकार, नीजि तथा उद्योगीहरु सवै मिलेर मुलुक बनाउने आव्हानसमेत गर्नुभयो ।
गुर्जोको फाईदा तथा समस्याको बारेमा अभियान्ता राजलवतका अुनसार पाँच वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिलाले प्रयोग गर्नु नहुने साथै व्लड प्रेसर कम भएकाले विरे नुनको प्रयोग गरी मात्र खानकालागि समेत सचेत गराईएको छ ।
वातावरणीय तथा प्राकृतिक रुपमा काठमाडौँ उपत्यकाको सवैभन्दा सुन्दर स्थानको रुपमा गुण्डु रहेको उल्लेख गर्दै कार्यक्रममा वडाध्यक्ष रविन्द्र सापकोटा, एकिकृत बागमती सभ्यताका प्रमुख नवराज प्याकुरेलले गुर्जोको वर्तमान समयमा आवश्यकता र त्यसलाई आयुवेर्दीक औषधीको रुपमा प्रयोग वर्तमान समयको अनिवार्यता जस्तै भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्