काठमाडौँ, ३० भदौ । बलिउड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको पक्षमा कानून बनाउने निर्णय गरेको नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
अभिनेता बच्चनले सोमवार सामाजिक सञ्जाल ट्वीटर ट्वीट गर्दै एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको र दोषीलाई कारबाहीको लागि पहल गरेको भन्दै नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिएका छन् ।
यो निर्णय नेपालकै लागि मात्र नभई भारतका लागि प्रेरणाको स्रोत हुने उल्लेख गरेका छन् । साथै थापालाई बधाई दिँदै यो कार्यका लागि गर्व गरेका छन् ।
केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितको पक्षमा कडा कानून ल्याउन निर्देशन दिएका थिए । उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार पार्न निर्देशन दिएका हुन् ।










प्रतिक्रिया दिनुहोस्