विश्व

अमेरिकामा डढेलो तीव्र गतिमा फैलिँदै



काठमाडौँ, ३० भदौ । अमेरिकामा तीन वटा राज्यमा सल्किइरहेको डढेलो झनै तीव्र गतिमा फैलिरहेको छ ।

बीबीसीका अनुसार अगष्टको सुरुदेखि क्यालिफोर्निया, आरेगन र वासिङ्टनमा फैलिएको डढेलोका कारण ३५ जनाको ज्यान गइसकेको छ, कयौं व्यक्ति बेपत्ता छन् ।

अझै पनि डढेलो नियन्त्रणमा आएको छैन, तीन राज्यमा ३० वटा ठूला डढेलो सक्रिय रहेकाले लाखौं व्यक्तिलाई घर छाड्न प्रशासनले उर्दी जारी गरेको छ ।

डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना भएको छ । डढेलोप्रति ट्रम्पको बेवास्ताको असर आउँदो नोभेम्बरमा हुने चुनावमा देखिने आँकलन गरिएको बीबीसीले जनाएको छ ।