वीरगञ्ज, ३० भदाै । पर्सा जिल्लामा रक्सीले मातेर आएका बुवाले छुरा प्रहार गरी छोराको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरीका अनुसार पर्साको पोखरिया नगरपालिका ६ सीरिसियामा सोमबार राति ७० वर्षका वृद्ध लक्ष्मी साहले रक्सीको नशामा छुरा प्रहार गर्दा उनका ३५ वर्षका छोरा माधो साह गम्भीर घाइते भएका थिए ।
छुरा प्रहारबाट घाइते भएका साहलाई उपचारको लागि पोखरिया अस्पतालमा लगिएको थियो । उपचार सम्भव नभए पछि थप उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा साहको बाटोमा नै मृत्यु भएको जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्