विचार/ब्लग

सेवा भावले गरिएको राजनीतिमा महेश बस्नेतको भुमिका



सन्दिप खनाल

सेवा भावले गरिने कर्ममा कुनै आशा हुँदैन, कुनै फलप्राप्तिको लागि गरिदैन । त्यसैले त्यो कर्म नै सर्बोत्कृस्ट कर्म हो । किनकी त्यो जीवन आफ्नो लागि होइन, अरुको जीवनको लागि समर्पण हुन्छ र मानिसको चोला नै आफ्नो लागि भन्दा अरुको लागि बाच्न र सेवा गर्न जीवनको प्रदुर्भाब भएको हुन्छ ।

त्यसैले म आफ्नो कर्मप्रती निष्ठान छु । मेरो आफ्नो क्षेत्रको जनताको लागि पूर्ण समर्पित छु । मेरो आफ्नो जीवन आफ्नो देशवासीको निम्ति सुम्पिसकेको छु र मेरो खुसी यहि देशवासीको मुहारमा झल्किएको खुसिबाट नै आफ्नो मुहारमा प्रकट भएको पाउँछु । त्यसैले म सेवा भावले निरन्तर आफ्नो कर्म गरिरहन्छु ।

माननीय सम्सद कमरेड महेश बस्नेत यति महान सोच र बिचार लिएर हिड्ने महान् विकासवादी दृष्कोणका धनी माननीय पाउँदा खुसिले गौरबबोध हुँदो रहेछ । भक्तपुरको कुनाकाप्चा जता सुकै पुगौ कहि न कहि कुनै न कुनै किसिमको विकास निर्माणका कार्यहरु भइरहेको नै पाउँछौ । त्यस्को श्रेय कसैलाइ बढी छ रु त्यस श्रेयका हकदार यदि कोहि छन् भने तपाईं हाम्रै लागीमात्र नभई हाम्रो भोलीको पुस्ताको लागि समेत दुरगामी दृस्टीकोण राख्न सक्ने महेश बस्नेत नै हुनुहुन्छ ।

यो कुनै ब्यक्तिपुजा होइन अतिदेवत्वकरण होइन न त कुनै ब्यक्तिगत सम्बन्ध न त कुनै ब्यक्तिगत लाभ लिने लोभ तर पनि हाम्रो माननीयको आफ्नो जनताको लागि गरेको खुसी सुबिधा विकासको लागि आफुले लिएको दायित्वबोध बास्तबमा एक्दमै लोभलाग्दो त छ नै । साथै अत्यन्त उदाहरणीय पनि हरेक कर्मलाई आफ्नै ढंगले सृजनात्मक तथा रचनात्मक ढङ्गले अगाडि बढाउन सक्ने अन्तरहृदयको भाबलाई राम्रैसँग प्रकट गरि कार्यन्बयनको पक्षमा ढाल्न सक्ने निकै कम नेता मध्येका एकनेता श्रद्धय माननीय ज्यु हुनुहुन्छ ।

जब राजनिती पेशा बनाउन लागिन्छ त्यसपछि राजनिती दुषित हुन्छ । त्यसैले आफुलाई आफ्नो पथलाइ भ्रस्टिकरण हुनबाट जोगाउन पनि निकै सजगताका साथ प्रस्तुत हुने सबैलाई समेटेर मात्र दिगो लक्ष्य तथा विकास प्राप्त गर्न सकिन्छ । कसैलाई घरबार बिहिन बनाएर गरिने विकास विकास होइन । त्यो बिनास हो तर विकासले कहिलेकाही बिनास माग्छ भने त्यो बिनासले ल्याएको बिकास अत्यन्त लाभदायक हुन्छ ।

तर पिडितको उचित क्षतिपुर्ती तथा सहजता बिना कुनै कार्य अगाडि नबडाउने स्वभाब भएका माननीय ज्यु नेकपा भित्रका हक्की स्वभाबका नेता भनेर पनि चिनिनुहुन्छ उहाँ । आज भक्तपुरले जे जति पायो सबै त नभनौ तर ७० प्रतिशत भन्दा बढी विकास भक्तपुरले माननीय ज्युको कारणले पायो । भएको कामलाई मुल्यांकन गर्न र स्याबासी दिन हामी सधै पछि छौं । नेता भन्नासाथ गाली गर्न र प्रतिपक्ष भन्नासाथ जसरी पनि बिरोध गर्नैपर्ने चाहे सकारात्मक होस चाहे नकारात्मक त्यस्तो प्रबृती जुन छ । त्यो आम जनताले फेर्नैपर्छ किनकी हामिसँग माननीय महेस बस्नेत जस्ता नेता पनि हुनुहुन्छ । यो कुरा र तथ्यमा बिना कुनै हिच्किचाहट तर किन्तु परन्तु इफ बट लगाउनुपर्ने जरुरि देख्दिन । किनकी राजनीति भनेको सेवा हो र यहि सेवाभाबले हाम्रै घरदैलोमा निरन्तर हाम्रै सेवासुबिधा विकास र खुसिको लागि आफ्नो जीवन समर्पित गर्दै रास्ट्रनिर्माणको लामो यात्रामा अबिरल यात्रीको रुपमा जिम्मेवारी निभाइरहनु भएका माननीय ज्युलाइ अन्तरहृदयदेखीको हार्दिक सलाम ।