काठमाडौँ, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ ।
मोदीको आज ७० औं जन्मदिन हो । उनको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् शुभकामना दिनुभएको हो । शुभकामना दिँदै प्रधानमन्त्री ओलीले उहाँले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताउनुभयो ।
समकक्षी मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’










प्रतिक्रिया दिनुहोस्