काठमाडौँ, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।
आज बस्ने भनिएको नेकपा सचिवालय बैठक चार गतेसम्मका लागि स्थगित गरिएको हो । सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा निर्णय गर्ने बताइएको थियो ।
बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले शुक्रबार पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्ने तय गरेको थियो ।
आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्