रुपन्देही, ४ असोज । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।
गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । गएराति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्