राजनीति

चीनकै भूभागमा भवन बनेको छ : चिनियाँ दूतावास



काठमाडौँ, ७ असोज । नेपाली सञ्चारमाध्यममा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ ।

मंगलबार चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङद्वारा जारी विज्ञप्तीमा भनिएको छ,  चीनले हुम्लास्थित नेपाली भूभागमा भवन निर्माण नगरेको स्पष्ट पारेको छ । चिनियाँ भुभागमै भवन बनाएको स्पष्ट पार्दै यसविषयमा नेपालले फेरी प्रमाणीकरण गर्न सक्ने बताएको छ । ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ चीन र नेपाल नजिकको छिमेकी रहेको बताउदै उहाले चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको उल्लेख गर्नुभयो ।

चिनियाँ दूतावासका प्रवक्ता वाङले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताउनु भएको छ ।