Banner News

राजकीय सम्मानका साथ आङरिता शेर्पाको अन्तेष्टि



काठमाडौँ, ७ असोज । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे । आज धार्मिक परम्परा अनुसार राजधानीमा अन्तेष्टि गरिएको हो ।

बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनलाई हिम चितुवा समेत उपनाम दिइएको थियो ।