समाचार

पाल्पामा पहिरो जाँदा पाँच जना बेपत्ता



पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिदा घरमा पाँच जना पुरिएको खबर आएको र घटनास्थलमा जादै गरेको जनाएको छ ।

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गईसकेको बताइएको छ ।