Banner News

थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६९ हजार नाघ्यो



काठमाडौँ, ८ असोज । थप १४ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ७ सय ४९ नमुना परीक्षण गर्दा  १४ सय ९७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ४ सय ५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५० हजार ४ सय ११ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ५३ जना पुगेको छ ।