काठमाडौँ, ९ असोज । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा थप एक जना कोरोना सङक्रमित पुरुषको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनीका ५२ बर्षीय पुरुषको आज बिहान २:३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
उनमा दुबैतिरको फोक्सोमा निमोनिया हुनुका साथै उच्च रक्तचापको समस्या समेत देखिएको थियो ।










प्रतिक्रिया दिनुहोस्