समाचार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुग्यो



काठमाडौँ, ९ असोज । नेपालमा आज थप ६ जनाको कोरोनाबाट मृत्यु योसँगै मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मोरंगकी ६० वर्षीय एक महिला र ५५ वर्षीय एक पुरुष, सप्तरीका ७० वर्षीय एक पुरुष, ललितपुरका ५१ वर्षीय एक पुरुष, काठमाडौकी ७५ वर्षीय एक महिला र कपिलबस्तुकी ७० वर्षीय एक महिलाको निधन भएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय १४ जना पुगेको छ ।