काठमाडौँ, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । आइतबार मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको विशेष स्रोतले जनाएको छ । यसअघि शनिबारसम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै जानकारी थिएन ।
स्रोतका अनुसार शनिबार मन्त्रिपरिषद बैठक बोलाउने मनसायमा प्रधानमन्त्री पुगेको देखिन्छ । पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनको चर्चा चुलिएको छ, यसैबारे छलफल एवं निर्णय गर्नका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको अड्कल गरिएको छ । यसअघि नियमितरूपमा मन्त्रिपरिषद बैठक सोमबार र बाँकी रहेका एजेन्डाका लागि पुनः बिहीबार बस्ने गरेको थियो ।
पछिल्लो समय नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि घनिभूत छलफल भएको थियो र यसको गृहकार्य अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले गत शुक्रबारकै मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीको बिदाइ गर्ने संकेत गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्