मोरङ, १२ असोज । मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ । विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्