समाचार

ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल बनाइ बिक्री गर्ने ४ जना पक्राउ



काठमाडौँ, १३ असोज । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गर्ने प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाहलाई पक्राउ गरेको हो ।

३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद भएको र थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाउन तयारी अवस्थामा राखिएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले चितवनस्थित अविनाश ह्याचरीबाट खरिद गरेर चल्ला ल्याइ अवैध रूपमा रङ्ग परिवर्तन गरी बढी मूल्यमा बेचिरहेको सूचना प्रहरीले पाएको थियो । पक्राउ परेका चार जनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।