समाचार

भक्तपुरमा एक कोरोना सङ्क्रमितको मृत्यु



भक्तपुर, १७ असोज । भक्तपुरको मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोनाबाट एक पुरुषको मृत्यु भएको छ ।

आज बिहान घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका उनको पाँच दिनअघि कोरोना पुष्टि भएका थियो । मृतक पुरुष निमोनियाका पुराना बिरामी भएको परिवारले जनाएको छ । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।