समाचार

आजको मौसम



काठमाडौँ, १८ असोज । वंगालको खाडीको उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेकोले मुलुकका केही स्थानमा आइतबार हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै आइतबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पूर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भएको भइरहेको छ ।