Banner News

थप २२५३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८६ हजार नाघ्यो



काठमाडौँ, १८ असोज । थप २२ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२  हजार ७ सय ८४ जनामा नमुना परीक्षण गर्दा २२ सय ५३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ३ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६४ हजार ६९ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ३५ जना पुगेको छ ।