सम्पादकीय

पहिचान भएनन् गरिब



काठमाडौं ,२८ चैत । काठमाडौंको नागार्जुन नगरपालिका रानीवन इचंगुनारायणमा सहरी गरिब तथा न्यून आय भएका परिवार बस्न बनाइएको भवन। काठमाडौं( छुट्टाछुट्टै आवास एकाइ (फ्ल्याट)। प्रत्येक एकाइमा एउटा बेडरुम, एउटा भान्छा, शौचालय र बैठक कोठा। साथमा बाल्कोनी पनि। सँगै टाँसिएका पाँचतले तीनवटा भवन (अपार्टमेन्ट)। ती भवनमा एक सय २४ आवास एकाइ (फ्ल्याट) छन्। एउटा आवास एकाइमा तीनचारजनाको परिवार सुविधासम्पन्न हिसाबले बस्न मिल्छ। तलतिर एउटा बगैंचा र सामुदायिक हलका साथै गाडी पार्किङ सुविधा पनि छ।

सहुलियत दरमा भाडा वा निश्चित समयका लागि एकमुष्ठ रकम लिएर अपार्टमेन्ट प्रयोग गर्न दिने मापदण्ड तयार भएको छ तर कसका लागि, कसरी कार्यान्वयनमा ल्याउने अन्योल छ।

नागार्जुन नगरपालिका रानीवन इचंगुनारायणमा सहरी गरिब तथा न्यून आय भएका परिवार लाई बस्न बनाइएका अपार्टमेन्ट हुन् यी। विडम्बना, डेढ वर्षअघि सहरी विकास मन्त्रालयले निर्माण सम्पन्न गरेको उक्त अपार्टमेन्टमा गरिब तथा न्यून आय भएकाको पहिचान गर्न नसक्दा प्रयोगविहीन भएर बसको छ।

‘अपार्टमेन्ट शैलीमा पहिलो चरणको नमुना भवन निर्माण सम्पन्न गरिसकेका छौं,’ सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक शिवहरि शर्माले भने, ‘तर लक्षित वर्ग पहिचान गर्न नसक्दा भवन सञ्चालनमा आउन सकेको छैन।’ उनका अनुसार सहुलियत दरमा भाडा वा निश्चित समयका लागि एकमुष्ठ रकम लिएर दिने मापदण्ड तयार भएको छ। तर, मापदण्ड कसका लागि, कसरी कार्यान्वयनमा ल्याउने भन्ने अन्योल नै छ।

गरिब तथा न्यून आय भएकाको कसरी पहिचान गर्ने भन्ने अन्योल छ,’ महानिर्देशक शर्माले भने, ‘अब भने कार्यविधि बनाएर चाँडै नै सहरी गरिब तथा न्यून आय भएका परिवार पहिचान गरी आवास प्रयोगमा ल्याउनेछौं।’

गरिब तथा न्यून आय भएकाको पहिचान र भवन सञ्चालनको जिम्मा भने काठमाडौं उपत्यका विकास प्राधिकरणलाई दिइएको छ। प्राधिकरणले कसरी पहिचान गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको शर्माले जानकारी दिए।

भवनमा बस्नेका लागि दुईवटा मापदण्ड बनाएका छौं,’ प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारले भने, ‘तर गरिब पहिचान कसरी गर्ने भन्ने अन्योल छ।’ अन्योल हटाएर चाँडै नै एकै खालको खाका ल्याउने तिवारीले बताए। नागरिकमा समाचार छ ।