विश्व

भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारमा कोरोना संक्रमण



काठमाडौँ, २० असोज । भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५९ हजार ८९३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ५९ हजार ११० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख १९ हजार ३६३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३ हजार ६०० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।