अर्थ

आज बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सयले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ३ सय कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।