राजनीति

परराष्ट्र मन्त्रालयको सचिवमा भरत पौडेल नियुक्त



काठमाडौँ, २३ असोज । सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा भरत पौडेललाई नियुक्त गरेको छ ।

परराष्ट्र सचिव रहेका शंकरदास बैरागी मुख्य सचिव नियुक्त भएपछि मन्त्रालयमा सचिव खाली रहेको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो । नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन ।

बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए ।