Banner News

निर्वाचन विथोल्ने डिजाइनका साथ दुई चरणमा निर्वाचनको कुरा आएको योगेशको आरोप



काठमाडौँ, २८ चैत । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकै चरणमा शान्तिपूर्ण तरिकाले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए ।

प्रेस चौतारी नेपाल प्रतिष्ठान शाखाको भेलालाई आज सम्बोधान गदै उहाँले सबै दलको सहभागिता हुने गरी एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

‘‘ निर्वाचनमा सुरक्षा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तयार छन् । कर्मचारी पनि पर्याप्त छन्’’ उनले भने–‘‘त्यसैले एकै चरणमा निर्वाचन गराउनु पर्दछ । दुई चरण गर्नुपर्ने कारण नै छैन ।’’

सचिव भट्टराईले अनेक बाहनामा निर्वाचनलाई पछि धकेल्नका लागि दुई चरण गर्नुपर्ने कुरा ल्याइएको टिप्पणी गरे।

उनले सरकारले पुनः ल्याउन लागेको संविधान संशोधनको नयाँ प्रस्तावलाई एमालेले साथ नदिने बताए । उनले स्थानीय तहलाई कमजोर बनाउनेका लागि संशोधन विधेयक ल्याउन खोजिएको पनि आरोप लगाए ।

प्रचार विभाग प्रमुख समेत रहनुभएका सचिव भट्टराईले पार्टीले चाँडै नै संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन, विकास र जनताको साझेदारी जस्ता कुरा समेटेर घोषणा पत्र ल्याउने बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताए ।