राजनीति

डा. केसीले आज अनशन तोड्दै: मध्यरातमा ८ बुँदे सहमति (सहमतिको पूर्णपाठसहित)



काठमाडौँ, २५ असोज । अनशनरत डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । यससँगै डा केसीले आज (आइतबार) अनशन तोड्नुहुने भएको छ । सहमतिअनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्दै हुनुहुन्छ ।

शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर डा केसीसँगै ठोस वार्ता गरेपछि सहमति जुटेको बताइएको छ । यसअघि बिहीबार र शुक्रबारका वार्ता विनानिष्कर्ष टुंगिएका थिए । सरकारले डा केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो भने डाक्टर केसी पक्षले पनि वार्ता टोली गठन गरेको थियो ।