राजनीति

गस्तीमा खटिएका एक असईको हत्या, हबल्दार बेपत्ता



कैलाली, २ कार्तिक । गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ भने सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता रहेका छन् ।

एसएसपी मुकेश सिंहका अनुसार जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे र हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेका छन ।

असईको शव मोहना नदीमा फेला परेको छ । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।