उदयपुर, २ असोज । उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्