एजेन्सी, २ कार्तिक । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख १ हजार २९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ११६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ९२ हजार ४७१ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ९६ हजार २५६ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्