राजनीति

सरकारलाई बदनाम गराउन केही मिसनवाला मिडिया र अराजक बुद्धिजीवीले खेती गर्दैछन्: सांसद बस्नेत



भक्तपुर, ४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कडा रुपमा प्रतिवाद गर्नुभएको छ ।

सांसदहरुले दसैंको भत्ता लिएको विषयमा केही ओलोचना भइरहेको सन्दर्भमा उहाँले कुनै पनि सांसदले हामीलाई भत्ता पाउनुपर्छ भनेर मागेको नभई संवैधानीक रुपमा दिने व्यवस्था अनुसार सरकारको स्वतः बैंक खातामा जम्मा हुने व्यवस्था भएको बताउनुभयो । यसै सवालमा के निहुँ पाउँ र सरकारलाई बदनाम गराउँ भनेर लागि परेका केही अराजक मिडिया, बुद्धिजीवी तथा सामाजिक सञ्जालमा केही तत्वहरुको लागि खेतीको विषय भएको भन्दै आक्रोस व्यक्त गर्नुभयो । भत्ताको नाममा सांसदहरुको बदनाम गराउनु निन्दनीय भएको उल्लेख गर्दै उहाँले दसैंको भत्ता कोरोना कोषमा लगाउने विषयमा कुनै पनि सांसदहरुको विरोध नभएको बताउनुभयो ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विश्वमा नै संकट पैदा भएको अवस्थामा नेकपा तथा कांग्रेसले औपचारिक रुपमा नै कोरोना कोषमा भत्ता लगाउने निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले मुख्य पार्टीले जनमूखी निर्णय गर्दा गर्दै पनि केही अराजक मिडियाको तालमा लागेर वा बहकीएर सांसदहरुको बदनाम गराउनु नहुने उल्लेख गर्नुभयो । वर्तमान विषम परिस्थितीमा चाडपर्वहरु कुनै तडकभडक गरेर मनाउनु नहुनेमा जोड दिँदै उहाँले भत्ता बराबरको पैसा गरिब असहायलाई सहयोग गर्न अपिल समेत गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘के निहुँ पाउँ र सरकारलाई बदनाम गराउँ भनेर लागेका केही मिडिया, अराजक बुद्धिजीवी र सामाजिक संजालका सकृय साथीहरुले बडो काम पाएका छन् । सांसदहरुले दशैं भत्ता लिए भन्ने नाउँमा जसरी सांसदरुलाई बदनाम गराउने खेल भैरहेकोछ । यो निन्दनीय छ । भत्ता कुनै सांसदहरूले मागेर लिएको होइन । सरकारको प्रणालीले स्वत्त बैकं खातामा जम्मा हुने व्यवस्था हो । यती बेला देश कोरोनाले आक्रान्त भएको बेला दशैं भत्तालाई कोरोना विरूद्धको अभियानमा लगाऔं भन्दा कुनै पनि सांसदले विरोध गरेका छैनन् । नेकपा र कांग्रेस जस्ता ठूला दलले त अफ्ना सांसदहरूको भत्ता कोरोना कोषमा हाल्ने निर्णय गरिसकेका छन् । तर केही मिडियाको तालमा बहकिएर तलब भत्ता नलिएर, उच्च स्तरको जीवन जिउने नेताहरुलाइ मेरो सुझाब जीवन शैली सरल र पारदर्शी बनाउ, कोरोनाको कारण चाडपर्ब तडक भडक गरेर नमनाउ । भत्ता बराबरको पैसा गरिब असहायलाई सहयोग गरौं ।

सरकारलाई भत्ता फिर्ता गर्नु भनेको केही मिडियाको हल्ला खल्ला र केही नेताहरुको सेलिबेट्री बन्ने नाटक मात्र हो भन्ने मलाई लाग्दछ । हामी भ्रष्टाचारको बिरुद्ध र अबैधानिक बजेटको बिरुद्ध उभिनु पर्दछ । सरकारले वैधानिक ब्यबस्था गरेको विषयमा धेरै बहकिएर गरिने हल्ला खल्लाको कुनै अर्थ हुँदैन ।

यो बेला कोरोनाको संक्रमण भएको कारण दशै तिहार तडक भडक गरेर नमनाउ भनेर आएका सकारात्मक सुझाब ग्रहण योग्य छ । पार्टीले सरकारले भत्ता कोरोना कोषमा राख्न गरेको निर्णय स्वागत योग्य छ ।

जहाँसम्म मेरो निजि कुरा छ । बिगत भुकम्पमा पनि तलब भत्ता मात्र होइन धेरै सहयोग जुटाएर जनसेवा गरेको छु । बाडीपहिरो, विपद व्यवस्थापन, कोरोना, असाहाय गरिवहरुलाई सहयोग गर्ने विषयमा पटक पटक तलव भत्ता र अन्य धेरै सहयोग गर्दै आएको छु । जनसेवा र समाज सेवामा कोही आफुलाई अब्बल ठान्ने मिडियाकर्मी र कथित बुद्धिजीवि भन्दा धेरै गरिएको छ ।

आज मात्रै पनि दशै साधारण खर्चमा मनाउने सोचका साथ भक्तपुर अस्पतालमा उपचार गर्ने गरिव र अशाहाय बिरामीलाइ आफ्नो तलवबाट रु ६५ हजार सहयोग गरेको छु । यो वर्षको सांसद विकास कोषबाट सूर्यविनायक नगरपालिकाको सहकार्यमा १५ दिन भित्र ICU भेन्टिलेटर सहितको कोबिड अस्पताल बनाउन १ करोड ५० लाख छुट्टाएको छु । भने नेपाल कोरिया मैत्री अस्पतालमा नेपाली युवा वैज्ञानिकहरुले बनाएको रबर्ट नर्सिङ्ग र भेण्टिलेटर राख्न मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा ५० लाख बजेट छुट्टाएको छु ।’